यो बिषय, हामीले कस्तो अगुवालाई पछ्याउछौं र कस्तो मान्छेसँग हाम्रो सम्बन्ध जोडिएको छ त्यसले हाम्रो नियति (destiny)लाई फरक पार्दछ भन्ने कुरामा अधारित छ।
सायद यो बिचार कतिजनालाई आक्रमक बिचार लाग्न सक्छ तर यो एउटा तितो सत्य र अगुवाई गर्नेहरुको निम्ति एउटा वास्तविक यथार्थ हो।
बाईबलमा जोनाथन र दाऊदको मित्रता बारेमा यस्तो लेखिएको छ,
जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे।
तब जोनाथनले आफूले लाएका खास्टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्नो तरवार, धनु र पेटीसमेत दिए। १ शमूएल 18:3-4
वास्तवमा जोनाथनलाई यो कुरा थाहा थियो कि, शाऊल दुष्ट राजा हो अनि भविष्यको राजा म होइन तर दाऊद हुनेछ भनेर। तर तिनले राजा शाऊल जो तिनको आफ्नै बाऊ भएको कारण तिनलाई नै साथ दिए।
पर्मेस्वरले इज्राएलको सिंहासन मित्र दाऊदलाई दिनुहुँदैछ भन्ने कुरा जोनाथनलाई थाहा थियो र नै तिनले आफूले लाएका खास्टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्नो तरवार, धनु र पेटीसमेत दिए।
यसो गर्दा वास्तवमा जोनाथनले आफ्नो उत्तराधिकार दाऊदलाई दिदैं थिए तर पनि तिनले आफ्नो बाऊलाई नै जो पर्मेस्वरले त्याग्नु भएको दुष्ट राजा थिए पच्छ्याउने निर्णय गरे।
यसको परिणाममा जोनाथनको दुखद् अन्त भयो। अफ्नो बाऊ नै भए पनि राजा शाऊल एक दुष्ट राजा थिए र यस्तो अगुवालाई पछ्याउदा जोनाथनले दाऊद पछिको दोस्रो दर्जा पाउने सपना पुरा हुन सकेन तर राजा शाऊलसँगै तिनको मृत्यु भयो।
यो घटना हाम्रो निम्ति एउटा उधारण हो। हामीले कस्तो अगुवालाई पछ्याउदैछौं त्यसले हाम्रो नियतिलाई फरक पार्दछ।
गलत मान्छेहरुसँग जोड़िएको छौं र सही अगुवालाई पछ्याएको छैनौभने हाम्रो बृद्धि रोकिन्छ र हाम्रो दर्शन र सपनाहरु मर्दै जान्छ त्यति मात्र होइन तर अगुवाले पाउने राम्रो वा नराम्रो परिणाम आफुले पनि भोग्नुपर्छ।
Post a Comment
Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...