आज संसारमा यहि कुराहरुको निम्ति नै त मानिसहरु व्यस्त छन्।

व्यस्थता

वर्तमान समय संसारमा मानिसहरु साह्रै व्यस्त देखिन्छ।
एक छिन यस विषयलाई गम्भिर भएर मनन गर्नुहोस, हामीलाई कुन कुराले व्यस्त बनाई रहेको छ ???



यो एउटा तितो सत्य हो की धेरै मानिसहरुलाई चिन्ता, डर र असुरक्षाले व्यस्त बनाएको छ। वास्तवमा हाम्रो दैनिक जीवनको कार्यलाई संसारमा घटिरहेको घटनाहरुले ठूलो प्रभाव पारेको हुन्छ अनि यसैको आधारमा हामीले निर्णयहरु लिरहेको हुन्छौं।

धेरैचोटी, हाम्रो कुनै पनि कार्यलाई अभिप्रेरित पार्ने प्रेरणाको कुनै न कुनै एउटा स्रोत हुन्छ भन्ने कुरा प्रति हाम्रो विवेक सचेत नहुँदा हामी भाग-दौड गर्नुमा व्यस्त भईरहेको छौं।
हामी सबैको निम्ति परमेश्वरको एउटा बोलावट चाँहि उँहाको विश्राममा आउनु हो जो केवल उँहाको उपस्थितिमा बसेर मात्र सम्भव छ।

हालमा मैले बाइबलमा  'मरियमको दिदी मार्थालाई अध्यन गर्दा यो कुरा बुझ्नसके। (लूका 10:38-42,)
घटना अनुसार मरियमको दिदी मार्था सेवा कार्यमा व्यस्त भएको देखिन्छ तर पछि तिनको चरित्रमा भएको दुर्वलताहरु तिनको मनोवृद्धी(Attitude)मा देखा परेको छ।

किनभने मार्थाले आफ्नो कामको निम्ति प्रभु येशुलाई गुनासो गरे। बहिनी मरियम काम नगरि येशुको पाऊमा बस्दा तिनलाई इर्ष्या लाग्यो। यदि त्यो काम तिनले येशुलाई माया गरेर गरेको भए त्यो काम गर्दा तिनलाई मज्जा लाग्ने थियो। तर तिनले गरिरहेको काम केवल तिनको स्वार्थले प्रेरित गरेको काम थियो उँहाको प्रेमले प्रेरित गरेको काम थिएन यसैकारण तिनी व्यस्त थिइन।


वास्तवमा मार्थालाई त्यस काममा डर, चिन्ता, ईर्ष्या र असुरक्षाले नै व्यस्त हुन प्रेरित गरायो। प्रभु येशुले मार्थालाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ।

तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।"

मरियमले छानेको उत्तम भाग येशुको पाउमा बस्नु थियो। मरियमको जस्तो सम्वन्धले हामीलाई जीवनको हरेक आँधी तुफानमा पनि शान्त बस्नु सिकाउँदछ।

यदि हामीले संसारमा घटिरहेको घटना र देखिने कुराहरुलाई जिउने आधार बनाउँदछौ भने हामीलाई व्यस्त राख्ने कार्यहरुपनि त्यहि घटनाहरुबाट प्रेरित भएको हुन्छ वास्तवमा हामले त्यसो गर्दा उहाँको प्रतिज्ञाहरुलाई अविश्वास गरिरहेको हुन्छौ।

बाइबल अनुशार, समृद्धि, चंगाई, प्रसस्तता, शान्ति, आनन्द, बल, बुद्धि र हरेक सफलता इत्यादि येशुको बलिदानद्वारा हाम्रो निम्ति प्रावधान गराईएको छ अनि यो परमेश्वको तर्फबाट अगाडी बाटै फैसला भईसकेको छ। यस स्वर्गिय फैसलालाई प्राप्त गर्नको निम्ति हामी मरियम जस्तै उहाँको पाउमा बस्नु सक्नुपर्छ।

आज संसारमा यहि कुराहरुको निम्ति नै त मानिसहरु व्यस्त छन्।

परमेश्वरको प्रतिज्ञालाई नबुझेकाहरु त यसको निम्ति व्यस्त हुनु स्वभाविकै हो तर हामी जसले उहाँको बचन पढेकाहरु चाँहि  ?????

बिमल छेत्री
शिलिगुढी

Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

Previous Post Next Post