नितृत्वको प्रभाव.. (दाउदको नित्रेत्व)

दाऊद गातबाट भागेर अदुल्‍लामको ओड़ारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने तब तिनीहरू तिनीकहाँ आए।


 कष्‍टमा परेका, ऋणमा परेका र असन्‍तुष्‍ट भएका मानिसहरू प्राय: चार सय जना तिनीकहाँ जम्‍मा भए, र तिनी तिनीहरूका अगुवा भए।
१ शमूएल 22:1‭-‬2
प्रभावशाली नित्रेत्वको योग्यता, अगुवाको चरित्र हो। अगुवासँग भएको स्रोत र अोहोदाले मानिसहरुलाई शासन गर्नसक्छ तर नित्रेत्व दिन सक्दैन।
मानिसको मनोवृत्ति उसको चरित्रमा देखापर्छ यदि उ अगुवा हो भने त्यसको नकरात्मक व सकरात्मक प्रभाव अनुयायीहरुमा पर्दछ।
चरित्रवान अगुवालाई मानिसहरुले जस्तै परिस्थितिमा पनि त्याग्दैनन् औ  दाउदको नित्रेत्व यसको उदाहरण हो।
माथि उल्लेखित वचन अनुसार उक्त घटनामा दाउदसँग न कुनै स्रोत थियो औ न त कुनै अोहोदा।
जंगलको अोढारमा भगौडे जीवन व्यतित गर्नुपर्दा पनि मानिसहरु तिनको नित्रेत्व स्वीकार गर्नु तयार थिए। यस्तो नित्रेत्वको प्रभाव निश्चय तिनको चरित्रबाट उत्पन्न भएको हो जसलाई मानिसहरुले भरोसा गर्नु सक्थे।

(बिमल छेत्री)

Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

Previous Post Next Post