प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर। (फिलिप्पी4:4)

बाइबलको उक्त खण्ड प्रेरित पावलले सुन्दर कोठाको टेबलमा बसेर कोरेको शब्द होइन तर दुर्गन्ध र अन्धकारको चिसो झ्यालखानाको सांग्लाहरुमा बाँधिएको हातहरुले लेखेका परमेश्वरको जीवित वचन हुन्।


यो लेखाई तिनको मनको कल्पनाको उपज  होइन तर जीवनको अनुभव अनि पवित्र आत्माको प्रकाश हुन्।

यो "आनन्द" परिस्थितिले जन्माउने भावनाको तरंग होइन तर सृष्टिकर्तासँगको घनिष्टताले अन्तर आत्मालाई  दिने सन्तुष्टी हो।
यो "आनन्द" सभाघर, शहरको भीड, उत्सव र सफलताको अनुभूती मात्र होइन तर चोट, निन्दा, इर्ष्या, अनि झ्यालखानको बन्धनमा पनि अटल रहने परमेश्वरको शक्ति हो।
यो "आनन्द" पवित्र आत्माको त्यो ज्योति हो जसले जीवनको जस्तै आँधी तुफानमा पनि उज्यालो दिइरहन्छ।

अनि यो "आनन्द"को स्रोत केवल येशु ख्रीष्टमात्र हुनुहुन्छ जसमा रमाउने म पनि उहाँको एक गवाही हुँ र प्रेरित पवलसँग नै भन्दछु, "प्रभुमा सधै आनन्द गर...!"
                            हाल्लेलुयाह

बिमल छेत्री

Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

Previous Post Next Post