मानिसको अनाज्ञाकारिताले मानिस र परमेश्वर बीच सम्बन्ध विच्छेद्ध भयो तर दुःख कुरा यो पापले केवल मानिसलाई परमेश्वरबाट मात्र अलग गराएन तर
मान्छे माझको सम्वन्धमा पनि समस्या उत्पन्न गरायो यसैकारण पहिलो मानिस आदमको दोस्रो पुस्ता तिनीहरुको छोराहरुमाझ सम्वन्धमा मिलाप थिएन तिनीहरुको समस्याले यस्तो उग्र रुप लियो कि अन्तमा भाईले दाज्यूको हत्या गर्यो।
त्यहाँबाट शुरु भएको समस्याले आज सारा संसार ग्रसित छ। मानिसहरुको माझ बढदै गइरहेको शत्रुता, झगडा, रिस, घृणा जस्ता समस्याको जरालाई केलाउदै जाँदा थाह लाग्छ वास्तवमा यो चाहिँ मानिस र परमेश्वरको माझ सम्वन्ध विच्छेद्ध भएको कारणले हो।
पापको कारणले नै हो मानिसले मानिसलाई हेर्ने दृष्टिकोण बद्लियो। उहाँको स्वरुपमा बनिएको मानिसहरुले एक-अर्कालाई जात, वर्णको आधारमा भेदभाव गर्नथाले।
आज संसारमा भई रहेको राष्ट्र-राष्ट्रको युद्ध, जातिवादको लडाई, शत्रुता, रंगभेद आदि, यो सबै एक अर्कालाई हेर्ने दृष्टिकोण ईस्वरिय नभएको ले नै हो।
तर खुशीको कुरा, प्रभु येशुको क्रुसको बलिदानले मानिस र परमेश्वर माझ भत्किएको सम्वन्ध पुनर्स्थापना हुनसक्छ।
वास्तवमा जब मानिसको परमेश्वरसँग मिलाप हुन्छ तबमात्र मानिसको एक अर्का प्रतिको सम्वन्ध पनि पुनर्स्थापना हुन्छ अनि एक-अर्कालाई हर्ने दृष्टिकोण बद्लिन्छ। (एफिसी 2:16)
हामीले प्रभु येशुलाई आफ्नो जीवनको मुक्तिदाता भनेर विश्वास गर्दा हाम्रो परमेश्वरसँग मिलाप हुन्छ अनि हामी अर्को व्याक्तिलाई पनि सहजै ग्रहण गर्नुसक्छौ।
किनभने येशुको बलिदानले हाम्रो शत्रुताको पर्खाल भत्काइदिनुभएको छ। उहाँले दुवैको सम्वन्धलाई एउटै बनाउनु भएको छ। (एफिसी 2:14)
यसकारण अब ख्रीष्टमा विश्वास गर्नेहरुमा कुनै रंगभेद छैन। हामी कोही सानो जात र ठूलो जात होइनौं तर सबै उहाँको स्वरुपमा बनिएको मानिसहरु हौं।
यदि आज कसैले हामी ठूलो जातको हौं तिनीहरु त सानो जात हो भन्छौ वा त्यस्तै जात र वर्ण भेद राख्छौ र मानिसहरुलाई पद, ओहोदा र हैसियतको आधारमा व्यवहार गर्छौभने हाम्रो परमेश्वरसँग मिलाप भएको छैन भनेर बुझ्नुपर्छ।
यदि हामीले येशु ख्रीष्टलाई विश्वास गरेर पनि जात जातको संघ (association) खोल्दै संगती गर्छौ भने त्यसबाट परमेश्वरको महिमा हुदैन।
मैले यस्ता कति ख्रीष्ट्यानहरु (अगुवाहरु पनि) लाई देखेको छु जो हरुले विशेष गरेर, विवाह सम्वन्धमा जातको कुरा गर्छ।
आफ्नो जात सँग नै विवाह गर्नुपर्छ भन्ने र फलानो त सानो जात रहेछ, हुदैन भन्ने मानसिकतामा जीउने गर्छन्।
यो एउटा तीतो सत्य हो यस्ताहरुको अझै पनि परमेश्वरसित मिलाप भएको छैन।
परमेश्वरको परिवारमा कुनै भेदभाव छैन।
हामी उहाँसँग मिलाप भएका जनहरुले यस संसारमा त्यो मिलापको सेवा पाएको छौं।
याद राखौं, परमेश्वरको वचन यस्तो भन्नुहुन्छ..
अर्थात् स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो।
तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ। २कोरिन्थी 5:19
पाष्टर बिमल छेत्री
शिलिगुढी

Post a Comment
Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...