येशुको मृत्यु सम्बन्धी रोचक जानकारीहरु...

जब त्यस रात येशु पक्रा पर्नुभयो तब एकै रातमा उहाँको मुद्दा पेशी छ पल्ट भएको थियो।


(क) यहूदीहरुसामु:-

१, हन्नासको सामु- यूहन्ना १८:१२_१४,१९-२३

२, कैयफाको सामु- मर्कूस १४:२३:५३

३, महासभाको सामु- मत्ती २७:१, मर्कूस १५:१, लूका २३:६६



(ख) रोमीहरुको सामु:-

१, पिलातसको सामु- मत्ती २७:२,११,१४, मर्कूस
 १५:१-५, लूका २३:१, यूहन्ना १८:२८

२, हेरोदको सामु- लूका २३:८-१२

३, पिलातसको सामु दोस्रो पल्ट- मत्ती २७:१५, मर्कूस १५:६-१५, लूका २३:१३, यूहन्ना १८:३९



 प्रभु येशुलाई क्रुशमा झुण्ड्याएको समयमा कैयफा नामक व्यक्ति यरुशलेममा यहूदीहरुको प्रधान‌ पुजारी थिए। यो व्यक्ति सम्बन्धमा हन्नासको ज्वाईँ थिए।

पत्रुशले पहिलो पल्ट इन्कार त्यही हन्नासको दरवारमा गरेका थिए भने रहेको दुइपल्ट इन्कार चाहिँ तिनले कैयफाको भवनमा गरेका थिए।

"येशु ख्रीष्ट यहूदीहरुका राजा " यो दोष पत्र जम्मा तिनवटा भाषामा लेखिएको थियो।

(१) हिब - यहूदीहरुको भाषा

(२) ल्याटिन - रोम साम्राज्यको भाषा

(३) ग्रीक - त्यस समयको बोली-चाल भाषा
 (यूहन्ना १९:१९-२०)




क्रुशमा झुण्ड्याएको दोष पत्रमा उल्लेख शब्द INRI को अर्थ:-

I - Issus
N - Nazarites
R - Rex
I - Idrurum

जब येशुलाई क्रूसमा झुण्ड्याएको तब उहाँले त्यस समय जम्मा सातवटा वाणीहरु बोल्नुभयो, जो यस प्रकार छ..

१, "एली एली लामा‌ सवखथनी"
(मत्ती २७:४६, मर्कूस १५:३४)

२, "हे पिता यिनीहरूले के गर्दैछन् जान्दैनन्"
(लूका २३:३४)

३, "तिमी आजै मसित स्वर्गलोकमा हुनेछौ"
(लूका २३:४३)

४, "हे पिता म मेरो अात्मा तपाईको हातमा जिम्मा दिन्छु" (लूका २३:४६)

५, "हे नारी हेर तिम्रो छोरो"
(यूहन्ना १९:२६)

६, "मलाई तिर्खा लाग्यो"
(यूहन्ना १९:२८)

७, "अब सिद्धियो"
(यूहन्ना १९:२०).



::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
                 ‌‌‌‌‌‌‌‌‌‌

Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

Previous Post Next Post