Interesting facts about Bible, बाइबलका बारेमा केही चाखलाग्दो तथ्यहरू,, बाइबल का केही महत्वपूर्ण जानकारी हरू




विवरण, Discrimer

बाइबलका बारेमा केही चाखलाग्दो तथ्यहरू

      बाइबल मात्र पुस्तक होईन, यो मानव जीवनलाई सही तरिका ले बाँच्न र मृत्यु पश्चात अनन्त जीवन प्राप्त गर्नका लागि ईश्वर-प्रदान पुस्तक हो। बाइबलले हामीलाई मुक्तिको बाटो देखाउँदछ। र हामी कसरी त्यो मार्गमा हिंड्नु पर्दछ भन्ने निर्देशन गराउँद छ| हाम्रो जीवनमा आई पर्ने जुनसुकै समस्याहरू भएता पनि सो समस्याहरूलाई ईश्वरीय तरिकाले कसरी समाधान गर्ने भन्ने सल्लाह बाईबल ले दिन्छ।

आधुनिक शताब्दीका इसाईहरू विश्वास गर्दछन् कि बाइबल तिनीहरूको जीवनको प्रत्येक पक्षको लागि त्यति नै उपयोगी छ जति यो प्रथम शताब्दीका इसाईहरूको लागि थियो। बाइबलले १,००० भन्दा धेरै बर्षको ईतिहास, प्रकाश र भविष्यवाणी हरुलाई समेट्दछ।

आज हामी तपाईंलाई बाइबलको चाखलाग्दो तथ्यहरू बताउनेछौं। जसले तपाईंलाई बाइबलको बारेमा तपाईंको ज्ञान परीक्षण गर्नमा मद्दत गर्दछ। यदि तपाईं नयाँ बाइबल पाठक हुनुहुन्छ भने, तिनीहरूले तपाईंको दिमागमा केही महत्त्वपूर्ण तथ्यहरू सफा गर्न मद्दत गर्नेछन्।

त्यसोभए हामी बाइबल तथ्यहरू संकलन गरेर संसारको सबैभन्दा लोकप्रिय पुस्तकलाई नजिकबाट हेरौं। यदि तपाईं ईसाई हुनुहुन्न भने पनि, बाइबलको बारेमा जान्न यहाँ केहि रोचक कुराहरु छन्।


____________ Interesting fact's_____________


चाखलाग्दो तथ्यहरू interesting facts


1) "बाइबल" शब्द ग्रीक शब्द *'टा बिबिलिया'* बाट आएको हो जसको अर्थ "पुस्तकालय" हुन्छ।


2) बाइबलमा जम्मा *६६* वटा पुस्तकहरु छन्, जसलाई *४०* जना भन्दा बढी परमेश्वरको दास हरूले वहाँको प्रेरणा द्वारा लेख्नु भएको छ।  यी लेखकहरु विभिन्न वर्गका मानिसहरु सामेल छन्, ती गोठालाहरू, राजाहरू, किसानहरू, कविहरू, जालहारीहरू, पाल बनाउनेहरू,  भविष्यवक्ताहरू, एक डाक्टर, एक पेशेवर लेखक, संगीतकार, र प्रेरितहरू आदि हुन्।


3) बाइबललाई मुख्य दुई भागमा विभाजन गरिएको छ , पुरानो नियम (Old Testament) जसमा *39* वटा पुस्तकहरू र नयाँ नियम (New Testament) जसमा *27* वटा पुस्तकहरू समावेश गरिएको छ|


4) बाइबलमा जम्मा *११८९* वटा अध्याय हरु छन् भने, *३११०२* वटा पदहरू छन्।


5) बाइबलको पुरानो नियम (Old Testament) यहूदी हरूको पवित्र धर्म पुस्तक पनि हो।


6) शुरुमा बाइबल प्राय: तीनवटा भाषाहरूमा लेखिएको थियो। ती भाषाहरू हिब्रू, अरामाईक र ग्रीक हुन्। हाम्रो पुरानो नियम धेरै जसो हिब्रूमा लेखिएको थियो, मूल पाठकहरूले बोलेको भाषा। पुरानो नियमका केही अंशहरू अरामाइकमा लेखिएका थिए। नयाँ नियम ग्रीकमा लेखिएको थियो जुन त्यतिबेलाको सामान्यतया बोल्ने भाषा थियो। यद्यपि हिब्रूलाई बाइबलको मूल भाषा मानिन्छ।




7) बाइबल तीन महादेशहरूमा लेखिएको थियो। अधिकांश बाइबल आधुनिक समयका इजरायल (एशिया) मा लेखिएका थिए। तर यर्मियाका अंशहरू मिस्र (अफ्रिका) मा लेखिएका थिए र नयाँ नियमका धेरै पत्रहरू युरोपका शहरहरूबाट लेखिएका थिए।


8) बाइबललाई पाँच वटा वर्गीकरणमा विभाजित गरिएको छ, ती हुन्:

१,ऐतिहासिक ग्रन्थहरू, 

२,काव्य ग्रंथहरू, 

३,भविष्यसूचक ग्रन्थहरू, 

४,सुसमाचारका ग्रन्थहरू

५, पत्रहरू।


9)बाइबलमा १८ वटा ऐतिहासिक पुस्तकहरू छन्, ती हुन्: उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, योहशु, न्यायकर्ता, रूथ, १ शमूएल, २ शमूएल, १ राजा, २ राजा, १ इतिहास, २ इतिहास, एज्रा, नहेम्याह, एस्तर, र प्रेरित आदि। यी पुस्तकहरूले ऐतिहासिक घटनाहरूको बारेमा चर्चा गर्दछ।


10) बाइबलमा पाँचवटा काव्य पुस्तकहरू छन्, जुन: अय्यूब, भजनसंग्रह, हितोपदेश, उपदेशक, र श्रेष्ठ गीत हुन्। बाइबलका इतिहासकारहरू यी पुस्तकहरूलाई ऐतिहासिक भूत र भविष्यका पुस्तकहरू बिचको एक सम्बन्धको रूपमा लिन्छन्।


11) बाइबलमा १८ वटा भविष्यवाणी पुस्तकहरू छन्: जो: यशैया, यर्मिया, विलाप, इजकिएल, दानियल, होशे, योएल, आमोस, ओबदिया, योना, मीका, नहूम, हबकूक, सपन्याह, हाग्गै, जकरिया, मलाकी र प्रकाशितवाक्य हुन्।


12) बाइबलमा २१ वटा पत्रहरू छन्, जुन येशू ख्रीष्टका चेलाहरूले पहिलो स्थापित मण्डलीहरूलाई लेखेका पत्रहरूको संकलन हुन्, ती हुन्:- रोमी, १ कोरिन्थी, २ कोरिन्थी, गलाती, एफिसी, फिलिप्पी, कलस्सी, १ थिस्सलोनिकी, २ थिस्सलोनिकी, १ तिमोथी, २ तिमोथी, तीतस, फिलेमोन, हिब्रू, याकूब, १ पत्रुस, २ पत्रुस, १ यूहन्ना,, २, यूहन्ना, ३ यहुन्ना, र यहूदा, आदि हुन्।




13) बाइबलको पहिलो शब्द *"आदि"* र अन्तिम शब्द *"आमिन"* हो।


14) पुरानो नियम *१,०००* वर्षको अन्तरालमा लेखिएको थियो भने, नयाँ नियम *५०-७५* वर्षको अन्तरमा लेखिएको थियो।


15) बाइबल विश्वमा सबैभन्दा धेरै छापिने तथा बिक्रि भएको पुस्तक हरु मध्ये एक हो, आज सम्म बाइबलका *एक अरब* भन्दा बढी पुस्तक बिक्री भइसकेको छन्| विश्व मै सबै भन्दा धेरै पढ़िने पुस्तक पनि बाईबल नै हो भने देखी सबै भन्दा बढ़ी विरोध गरेर नष्ट गरिने पुस्तक पनि बाईबल नै हो।


16) सम्पूर्ण बाइबललाई आजसम्म मुख्य *७०४* भाषाहरुमा अनुवाद गरिएको छ भने नयाँ नियम लाई लगभग *१५५१* भाषाहरुमा अनुवाद गरिएका छन्।


17) बाइबलमा सबैभन्दा धेरै अध्यायहरू भएको पुस्तक *भजन संग्रह* हो जसमा *150* वटा अध्यायहरू र *२५३७* पदहरू छन्|


18) बाईबलको पुरानो करारको सबै भन्दा धेरै पदहरू भएको पुस्तक *भजन संग्रह *119* हो जसमा *176* पदहरू  छन्,  र सबै भन्दा कम पदहरू भएको पुस्तक भजन संग्रह *अध्याय 117* हो जसमा केवल *2पदहरू* मात्रै छन्|




19) नयाँ करारमा सबै भन्दा धेरै पदहरू भएको पुस्तक *लूका 1अध्याय* हो जसमा *80पदहरू* छन् र सबै भन्दा कम पदहरू भएको अध्याय *प्रकाशित वाक्य 15* हो जसमा केवल *8पदहरू* छन् |


 20) पुरानो करारको सबै भन्दा लामो पद *एस्तर 8:9* हो र सबै भन्दा छोटो पद *अय्यूब 3:2* हो जसमा केवल *3शब्दहरू* मात्र छन्|

(व्यवस्था 14:14 पनि हो तर यो नेपाली भाषा को बाईबलमा मात्र छ, कारण अन्य भाषाको कतिपय अनुवादहरूमा 3भन्दा धेरै शब्दहरू छन्)


21) नयाँ करारको सबै भन्दा लामो पद *प्रकाशित वाक्य 20:4* हो भने सबै भन्दा छोटो पद *यूहन्ना 11:35* हो|


22) बाईबलको मध्य भाग *भजन संग्रह 118* अध्याय हो कारण यसको अघि पनि *594 अध्यायहरू* र यसको पछि पनि ठीक *594अध्यायहरू* नै छन् ।

 जहाँ यस्तो लेखिएको छ:-

*"परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर पर्नु भन्दा उत्तम हुन्छ|"*यसैकारण हामी सबैले एक क्षण सोचौं कि हामी कसमाथि भर परि रहेका छौ..??) 


23) बाईबलको मुटु भनेर *यूहन्ना 3:16पद* लाई भनिन्छ|


 24) बाईबलमा एउटा मात्र अध्याय भएका पुस्तकहरू *ओबदिया* (पुरानो करार) *फिलोमेन*, *2यूहन्ना*, *3यूहन्ना* र *यहूदा* (नयाँ करार) हुन्|


25) बाईबलमा पुरानो करारबाट *शमूएल*  *राजा*, *इतिहास* यी तीनवटा पुस्तकहरूका दुई दुई भागहरू छन् भने देखी , नयाँ करारबाट *कोरिन्थी*, *थेसलोनिके* *तिमोथी* र *पत्रुस* को पुस्तकहरूको दुई दुईवटा भागहरू छन् र *यूहन्ना* को पुस्तकको मात्रै पुरा बाईबलमा तेस्रो भाग पाईन्छ|



"Thank you for visiting"

Diwas Rai

"Darjeeling, Pragati Gram"



Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

Previous Post Next Post