“बीउ छर्नेको दृष्‍टान्‍त" (मत्ती १३,)

येशुले भन्‍नुभयो,  

 “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो।
अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।



केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।

तर जब घाम लाग्‍यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।

अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।

 अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।


जसको कान छ, त्‍यसले सुनोस्‌।”




 जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।

 ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुशीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।

तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।



काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।

 तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”


(मत्ती -१३)

Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

Previous Post Next Post