भूमिका:
"अय्यूब" नाँउको अर्थ हिब्रु भाषा अनुसार "सताइएको ब्याक्ति" (persecuted, hated) हो।
अय्यूबको पुस्तक उत्पत्तिको 11 वा 12 अध्यायको मध्य अवधीमा लेखिएको होला भनेर निम्न लिखित तथ्यहरुद्वारा निर्धारित गर्न सकिन्छ...
1, यस घटना पछि अय्यूब 140 वर्षसम्म जीवित थिए अर्थात तिनको आयु पनि उत्पत्तिको अरु पुर्खाहरु समान थिए।
2, अय्यूबको धन-सम्पत्ति पनि पुर्खाहरुको झै सुन र चाँदीहरुले होइन तर पशुहरुको संख्याले गनिएको छ।
3, अय्यूबले पनि परिवारको निम्ति बलिदान चढाएर परिवारिक पुजारी पदको जीवन निर्वाह गरे।
4, अय्यूबको पुस्तकमा इस्राएलीहरुको मिश्रका दासत्वबाट निकास, मोसको व्यवस्था औ परमेश्वरको भेटहुने पालको कुनै उल्लेख छैन।
परिचय:
अय्यूब एक धनी, ज्ञानी, शिक्षित र परमेश्वरको भय मान्ने व्याक्ति थिए।
तिनको जीवनमा जब संकष्टहरु आईपर्यो तब तिनको मित्रहरुले वाद-विवाद गर्नलागे की 'यो संकष्टको कारण अय्यूबको कुनै गुप्त पाप हो' अनि अय्यूबले यसको खण्डन गरे।
यो पुस्तक अय्यूबको मित्रहरुको लामो एवं कटुवाद विवादहरुले भरिएको छ।
सैतानले अय्यूबमाथि यो पनि दोष लगाए, तिनले परमेश्वरको भक्ति यसकारण गर्दछ कि परमेश्वरबाट राम्रो कुराहरु प्राप्त भइरहोस।
अय्यूबको प्रश्न:
"यदि परमेश्वर प्रेमी औ सर्वशक्तिमान हुन भने उहाँको मानिसहरुप्रति संकष्ट किन आइपर्छन् ???"
अय्यूब जस्तै दःखबाट भएर जाने हरेक मानिसहरुले प्राय यो प्रश्न सोध्ने गर्दछ। तर यस प्रश्नको उत्तर बाइबलमा दिइएको छ अौ सबैभन्दा बेसी यहि अय्यूबको पुस्तकमा यस प्रश्नको उत्तर पाउन सकिन्छ।
मत्ती 5:4 मा यसको एउटा कुञ्जी पद प्रस्तुत गरिएको छ।
बाइबलमा अय्यूबको पुस्तक ती मानिसहरुको निम्ति एउटा सन्देश हुन, जसका ह्रदय सोकित छन्।
अय्यूबको जीवनमा आएका दुःखको कारणहरु:
यस पुस्तकको मुख्य प्रश्न,
"यदि परमेश्वर मानिसहरुलाई प्रेम गर्नुहुन्छ भने धर्मीहरुमाथि संकष्ट किन आउँछ ?"
उत्तरहरु:
1, अय्यूब निर्दोष, सोझो र धार्मिक व्यक्ति थिए औ खराब कामबाट अलग रहन्थे तर पनि तिनलाई सिक्नु थियो कि तिनले संकष्टमा पनि परमेश्वरको सामर्थ र भलाईमा विश्वास राखोस।
2, आफ्नो दृष्टिमा धर्मी र अहंकारी होइन तर नम्र भएर पस्चताप गरोस अौ परमेश्वरको महानता र प्रतापलाई स्वीकार गरोस।
3, परमेश्वरले अय्यूब माथि ती संकष्टहरु यसकारण आउन दिए कि अय्यूबको सोझोपन र विश्वास प्रमाणित हुन सकोस।
4, यस संकष्टको माध्यमबाट अय्यूबको विश्वास अझ दृढ बनोस र उहाँ प्रतिको अनुभव अझ परिपक्व हुन सकोस।
5, अय्यूबको कष्ट परमेश्वरको दण्डको परिणाम होइन तर उ माथी परमेश्वरको विश्वासको प्रमाण थियो।
अय्यूबको मित्रहरुसँग परमेश्वरको क्रोधको दुईवटा कारणहरु:
1, तिनीहरुले परमेश्वरको विषयमा अय्यूबले झै उचित कुरा गरेन।
2, तिनीहरुले अय्यूबको विषयमा व्यर्थको कुरा गरेका थिए।
संकष्टभित्र रहेका वास्ताविक्ताको सातवटा बुँदाहरु:
1, अय्यूबको मित्रहरुद्वारा गरिएको कुराहरु सहमत हुने किसिमको छैन। तिनीहरुको बिचार असत्य एवं आधारहिन थिए।
2, अय्यूब परमेश्वरको दृष्टिमा ठिक थिए तर तिनको समस्या यो थियो कि तिनले अाफ्नो दृष्टिमा परमेश्वरप्रति आफैलाई धर्मि ठहराएका थिए। (अय्यूब 40:8)
(हामी परमेश्वको दृष्टिमा धर्मी देखिनु एउटा कुरा हो तर आफ्नो दृष्टिमा परमेश्वर प्रति धर्मी देखिनु अर्कै कुरा हो।)
अर्को कुरा, हामीले दुःख र पीढाको सम्बन्ध सधै पापसित जोढ्नु सकिन्दैन। (यशैया 50:10)
3, जब अय्यूबको को मित्रहरुले तिनलाई दोष लगाए तब तिनको धैर्यको बाँध फुट्यो।
तर त्यस कुराले अय्यूब परमेश्वरको अझ नजिक जान सक्यो जसलाई तिनले एकमात्र आशा बनाएका थिए।
(परमेश्वरसँग गुनासो गर्न पाईन्छ तर उनलाई इन्कार गर्न पाइन्दैन। आजको भाषामा भन्नुपर्दा, अय्यूबले "म अबदेखी संगती जाँदिन" भनेन)
4, परमेश्वर सित प्ररिवाद गर्दा अय्यूब कठोर शव्द प्रयोग गर्ने दोषी भएता पनि तिनले आफ्नो प्रतिवाद एक सहि व्याक्ति सित गर्न सक्यो।
5, अन्तमा अय्यूब सन्तुष्ट बन्नसके-
आफ्नो सबै प्रश्नहरुको उत्तर प्राप्त भएर होइन तर परमेश्वर सितको संगतीद्वारा, जसलाई तिनले पुकारा गरेथ्यो।
6, संभवत अय्यूबले परमेश्वरको अभिप्रायलाई बुझ्नु सकेन होला तर तिनले यो अवश्य सिक्यो कि परमेश्वर नै जसको ज्ञान मानिसको समझ भन्दा अलग छ, पूर्ण भरोसाको योग्य छ।
7, अन्तमा परमेश्वरले अय्यूबको प्रर्थना सुन्नुभयो र पहिलेको भन्दा धेरै आशिष दिनुभयो।
निष्कर्स:
वास्तवमा यो परमेश्वर र सैतानको युद्ध हो जसको बिचमा अय्यूब छ। अय्यूबको जीवनमा आएको जाँचको कारण केवल परमेश्वर र सैतानलाई मात्र थाह थियो।
हाम्रो निम्ति चुनौती यो छ , के परमेश्वरले सैतानसँग तपाईको निम्ति पनि अय्यूबको निम्ति जस्तै बहस गर्नु सक्नुहुन्छ ???
सारा कष्टभरि परमेश्वर अय्यूबसँग बोल्नु भएन।
परमेश्वर र सैतानको युद्धबारे अय्यूब अन्जान थिए।
तिनले त परिस्थितिको निम्ति उत्तर मात्र पाउन चाहान्थे आशिष होइन तर अय्यूबको क्रन्दनले परमेश्वरलाई सिंहासनबाट उठायो।
आमिन
पा बिमल छेत्री, शिलिगुढी
https://glorytogodchannel.blogspot.com/2019/07/blog-post_1.html?m=1
Post a Comment
Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...